रकम हिनामिना गर्नेमाथि कानूनी कारबाही शुरू भइसकेको छ: माछापुच्छ्रे बैंक

काठमाडाै । माछापुच्छ्रे बैंक लिमिटेडले केही संचारमाध्यमहरूमा बैंकको शाखारहित बैंकिङ्ग केन्द्रबाट रकम हिनामिना भएको भन्ने समाचार आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको  वताएकाे छ । आइतवार आज एक सूचना जारी गर्दै बैंकले यस्ताे समाचारले गम्भीर ध्यानाकर्षण गरेको जनाएको हो । बैंकले रुपन्देहीको समरीमाई गाउँपालिका वडा नं. ५, रोइनिहवा र लुम्बिनी सांस्कृतिक न. पा., वडा नं. २, मुजहानामा रहेको ग्राहक सेवा केन्द्रको प्रतिनिधिहरूबाट बैंकका नाममा समस्या देखिएपछि साे सेवा बन्द गरिएको उल्लेख गरेकाे छ ।

बैंकले,’स्थानीय सर्वसाधारणहरूलाई सर्व सुलभ तरिकाले बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकिएको शर्तहरूको अधिनमा रही शाखारहित ग्राहक सेवा केन्द्र (बिएलबि) मार्फत् सीमित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्य सहित क्रमशः निरन्जन पाठक र सिकन्द्र ठाकुर व्यवसायिक प्रतिनिधी नियुक्त भई कारोबार भई आएकोमा निरीक्षणको क्रममा उक्त ग्राहक सेवा केन्द्रको प्रतिनिधिहरूबाट भएको कार्यमा कैफियत देखिए पछि उक्त सेवा बन्द गरिएको व्यहोरा अवगत गराउँदछौं ।’ भनेकाे छ ।

बैंकले ती प्रतिनिधिहरूले विभिन्न व्यक्तिहरूबाट लिएको रकम आफैंले मासेको लिखित रुपमा नै स्वीकार गरिसकेको र उनीहरूबारे प्रहरी कार्यालय मार्फत आवश्यक कानूनी प्रकृया शुरू भइसकेको जनाएको छ । बैंककाे पत्र यस्ताे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण …

प्रतिकृया दिनुहॊस