फाइल फाेटाे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिद्वारा संशोधनसहित घोषणापत्र पारित

नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ। पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको हो ।

बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समितिका प्रवक्तासमेत रहेका सह-महामन्त्री जीवन परियारले बताए।

आजको बैठकमा घोषणापत्र लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा पेस गरेका थिए। शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिती बनेको थियो ।

अर्थविज्ञ स्वर्णीम वाग्लेको संयोजकत्वमा डा.गोविन्दराज पोखरेल, गेजा शर्मा वाग्ले, डा. कृष्ण पौडेल, प्रताप पौडेल लगायत ६ सदस्सीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो ।

 

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

आज पनि तिहारको बिदा

काठमाडौं । भाइटीका लगाई आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि सोमबार सरकारी कार्यालय खुल्ने …

प्रतिकृया दिनुहॊस