तिहारका लागि तीन लाख माला आयात गरिने

आगामी तिहारका लागि तीन लाख सङ्ख्यामा माला आयात गरिने भएको छ । तिहारमा खपत धेरै हुने हुँदा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा तीन लाख सङ्ख्यामा सयपत्री माला आयात गर्न लागिएको हो। तिहार आउन दुई साता बाँकी रहँदा व्यवसायीले तिहारलाई लक्षित गरेर माला आयात गर्ने तयारी गरेका छन् ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष मीनबहादुर तामाङले यसपालि तिहारमा १३ करोड ५० लाख रुपियाँ बराबरको २४ लाख ४५ हजार सङ्ख्यामा माला खपत हुने अनुुमान गरिएको बताउनुभयो। फूलमा मुलुक आत्मनिर्भर भए पनि तिहारमा सयपत्री मालाको खपत धेरै हुने हुँदा माला आयात गर्नु परेको उहाँकाे भनाइ थियाे ।

तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड करोड रुपियाँ, मखमली फूलको मालाबाट एक करोड ७० लाख रुपियाँ र गोदावरी फूलको मालाबाट ८० लाखको कारोबार हुने फ्यानले जनाएको छ । गत वर्ष सयपत्री फूलको मालाबाट नौ करोड ९८ लाख रुपियाँ, मखमली फूलको मालाबाट एक करोड ४२ लाख रुपियाँ र गोदावरी फूलको मालाबाट ५२ लाख गरी ११ करोड ९२ लाख रुपियाँको कारोबार गरेको थियो ।

गत वर्ष ११ करोड ९२ लाख रुपियाँ बराबरको २२ लाख ३५ हजार सङ्ख्यामा मालाको खपत भएको थियो । यो वर्ष माग १० प्रतिशतले बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

एसोसिएसनका अनुसार सयपत्री फूलको प्रतिमाला ५५ रुपियाँ बिक्री हुने अनुमान गरिएको छ । गत वर्ष पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै मखमली फूलको मूल्य भने गत वर्षको तुलनामा पाँच रुपियाँले वृद्धि भएको छ। गत वर्ष प्रतिमाला ३५ रुपियाँ कायम भएकामा यो वर्ष ४० रुपियाँ तोकिएको एसोसिएसनको भनाइ छ। यस्तै गोदावरी फूलको माला ५० रुपियाँले बढेको छ । गत वर्ष प्रतिमाला ३५० रुपियाँ कायम भएको गोदावरी फूलको मूल्य यो वर्ष चार सय रुपियाँ तोकेको छ ।गाेरखापत्रबाट

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

शाओमीको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ ह्याण्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक गरेको छ …

प्रतिकृया दिनुहॊस