बारामा एकै परिवारका तीन जनाको हत्या

बाराको प्रसौनीमा एकै परिवारका तीन जनाको हत्या गरि फालेको अवस्थामा शव फेला परेको छ। प्रसौनी गाउँपालिका ५ प्रस्टोकास्थित खोला किनारमा आमा र दुई छोराछोरीको शव फेला परेको हो।

प्रस्टोका गाउँदेखि करिब दुई किलोमिटर टाढा रहेको ढोरा खोलामा स्थानीय दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता, तीन वर्षीया छोरी ताहिरा र १६ महिनाको छोरा राजविरको हत्या गरी फालेको अवस्थामा शव भेटिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

प्रहरी उपरीक्षक बोगटीका अनुसार तीनै जनाको विभत्स हत्या गरिएको छ। प्रहरीले दीपेन्द्रलाई घाइते अवस्थामा फेला पारेको छ। उनलाई उपचारका लागि वीरगन्जस्थित एलएस न्युरो लगिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।

प्रहरीले घटनामा दीपेन्द्रकै संलग्नता रहेको आशंका गरेको छ। श्रीमती र छोराछोरीको हत्या गरी भाग्ने क्रममा दीपेन्द्र घाइते भएको हुनसक्ने प्रहरी उपरीक्षक बोगटीको भनाइ छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

अधुरै रह्यो अन्तर्राष्ट्रिय सम्मेलनमा जाने जुम्ल्याहा दाजुबहिनीकाे सपना

काठमाडाैं । स्याङजाको गल्याङ नगरपालिका-३ का दिपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजुबहिनी हुन् । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनीहरू नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो । त्यसकै लागि जुम्ल्याहा दाजुबहिनीसहित आमा सीता भट्टराई शुक्रबार काठमाडौं आउँदै थिए ।

प्रतिकृया दिनुहॊस