कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्कासित

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको छ।

नेपाली कांग्रेसका मुख्ख सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिएको जानकारी गराएका हुन्।

गठबन्धनका दलले हिजो मंगलबार नै निर्देशन दिएर आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए। तर केही नेताले उम्मेदवारी फिर्ता नलिएकाले कांग्रेसको विधान र आन्तरिक कानुनअनुसार पाँच वर्षका लागि निष्कासन गरिएको पौडेलेले बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

काठमडौं । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा रास्वपाका सभापति रवि …

प्रतिकृया दिनुहॊस