काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले वार्षिक पौने २ करोड रुपैयाँ बराबरको पारिश्रमिक लिएका छन् । बैंकले सार्वजनिक गरेको १६ औं वार्षिक प्रतिवेदन अनुसार सीईओ पोखरेलले एक वर्षको अवधिमा १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ कूल पारिश्रमिक बुझेका छन् ।
पाेखरेलले आर्थिक वर्ष २०७८/२०७९ मा तलब वापत ८४ लाख रुपैयाँ, भत्ता वापत ६० लाख रुपैयाँ, दशैंभत्ता वापत ९ लाख ५० हजार रुपैयाँ, सञ्चयकोष योगदानल वापत ८ लाख ४० हजार रुपैयाँ, विदा वापतको भुक्तानी १२ लाख २६ हजार ६ सय ६७ रुपैयाँ र अन्य २ लाख १४ हजार १सय ९ रुपैयाँ गरी कूल १ करोड ७६ लाख ३० हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक तथा भत्ता बुझेका हुन् । सीईओ पोखरेलको खुद पारिश्रमिक तथा भत्ता ९४ लाख ३८ हजार ९ सय २० रुपैयाँ रहेको छ ।
बैंकले अन्य पदाधिकारीलाई आर्थिक वर्ष २०७८/२०७९ मा तलब वापत १ करोड ३४ लाख ८ सय २० रुपैयाँ, भत्ता वापत १ करोड १९ लाख ४३ हजार ८ सय ५ रुपैयाँ, दशैंभत्ता वापत १८ लाख १३ हजार १ सय ३५ रुपैयाँ, सञ्चयकोष योगदानल वापत १३ लाख ३१ हजार ३ सय ९४ रुपैयाँ, विदा वापतको भुक्तानी १९ लाख ६४ हजार ३ रुपैयाँ र अन्य २१ लाख ३४ हजार ६ सय ५६ रुपैयाँ गरी कूल ३ करोड २५ लाख ८७ हजार ८ सय १३ रुपैयाँ बराबर पारिश्रमिक तथा भत्ता बुझेका छन् ।




