काठमाडाै । मंगलबार आज सुनको भाउ घटेको छ । सोमबार तोलाको ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज भने तोलामा १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँ भएकाे छ । त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार २ सय रुपैयाँले नै घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय १५ रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४२ रुपैयाँ पैसा कायम भएकाे छ ।
तपाईंको प्रतिकृया




