बेगनास तालमा बेपत्ता ६ जनाकै शव भेटियो

कास्की।  शनिवार बेगनास तालमा  डुंगा डुबेर बेपत्ता भएका ६ जनाकै शव  फेला परेको प्रहरीले जनाएको छ । डुंगा डुब्दा   १७ वर्षीया मनिषा बजगाईँ, ४ वर्षीय रञ्जित गैह्रे, ५ वर्षीय प्राचिन पौडेल, ७ वर्षीय शंकर खनाल र ८ वर्षीय शिव खनाल र ३२ वर्षका रवि खनाल  बेपत्ता  भएका थिए ।

आफन्तकोमा तीजको दर खाने कार्यक्रममा सहभागी हुन जाने क्रममा १० जना सवार डुंगा डुबेको थियो । भीमादकी २८ वर्षीया जमुना गैरे र पोखरा नयाँ बसपार्ककी ५० वर्षकी कृष्णकुमारी बजगाईको उपचारका क्रममा शनिबार नै अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका सरला खनाल र निशा पौडेल सामान्य उपचार गरी शनिबार नै घर फर्किएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप