वीरगंज । वीरगंज दुइ नम्बर प्रदेशमा पहिलो पटक स्थानिय निकायले मोबाइल एप्पस संचालन गरेको छ । प्रदेशमा एउटै रहेको वीरगन्ज महानगरपालिकाले मोबाइलले एप्लिकेशन सार्वजनिक गरेको हो । यो एप्लिकेशनलाई वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले नगर कार्यपालिकाको बोर्ड बैठकमा सार्वजनिक गर्नुभयो ।
एप्पलाई सार्वजनिक गर्दै नगर प्रमुख सरावगीले यो माबाइल एप्सले सेवाग्रहीले पाउने सेवालाई सहज बनाउने आशा व्यक्त गर्नुभयो ।उहाले महानगरपालिकाले प्रदान गर्ने सेवालाई यो एप्सको माध्यमबाट अझ पारदर्शी बनाउने बताउदै नगरवासी र कार्यालय बिचको सम्बन्धलाई मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो ।
नगर प्रमुख सरावगीले एप्समा रहेका विभिन्न आइकनको माध्यमबाट सेवाको वारेको जानकारी तथा जनताले व्यक्त गरेका गुनासाहरुको बारेमा पनि प्राथमिकताका साथ कार्यवाहि गरिने जानकारी समेत गराउनु भयो ।कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूसालले एप्सबाट महानगरपालिकाको सेवाको बारेमा बुझन र गुनासा समेत दर्ता गर्न सकिने जानकारी गराउनु भयो ।
नागरिक वडापत्र देखि महानगरका सबैजसो सूचना यो एप्सको माध्यमबाट नगरवासिले प्राप्त गर्न सकने डा भूसालको भनाइरहेको थियो । एप्पसमा रहेका विभिन्न आइकनहरुलाई आउने समयमा सबै सूचनाहरु डाउन लोड गरिदै अझ उत्कृत बनाउने योजना समेत रहेको प्रमुख प्रशासकिय अधिकृत डा भूसालले कार्यक्रममा बताउनु भयो ।
साथै उहाले एप्लिकेशन तयार गर्न सघन सहयोग पुर्याउनु हुने सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादव र उहाँको समग्र टीम र एप्लिकेशनमा विभिन्न सूचना सहितको गुदी भर्ने महानगरका सूचना प्रविधि अधिकृत सतीश चौधरीलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहॊस