एनआईसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्नेलाई बैंकको तर्फबाट आकर्षक दक्षिणा

काठमाडौं । एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ अफर सार्वजनिक गरेको हो ।

उक्त अफरमा बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ । यो अफर विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागु हुनेछ ।

अफरअन्तर्गत विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३०० रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ । यो अफर असोज १ देखि कार्तिक ३० सम्म लागु हुने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस