गजल

D.P khakurel

अचम्म भो यहाँ जुन झरे जस्तै लाग्यो
अन्त हैन मेरै काख्(मा परे जस्तै लाग्यो
हिजो अस्ति बोलाउँदा झर्किएर हिड्थी
च्याखुरिले आज माया गरे जस्तै लाग्यो
झर्किने मुखबाट मधुर बोली सुन्दा
बोलिले नै सारा पीडा हरे जस्तो लाग्यो
रातो केश्, मिनिस्कर्ट, मन्द मुस्कान छर्दै
नजिक् आइ लब् यू भन्दा मरे जस्तै लाग्यो
अस्ति सम्म उस्को माया रित्तो थियो क्यारे
आज सबै खाली घडा भरे जस्तै लाग्यो
सबै कुरा भए पनि, थ्यो अभाव् एउटै
बचेको त्यो अभाव् पनी टरे जस्तै लाग्यो

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस