नजिकका आफन्तले मात्र भिसा पाउने

मुसलमानबहुल ६ देशका नागरिक तथा विश्वभरका शरणार्थीका लागि अमेरिकाले नयाँ भिसा जारी गरेको छ । बिहीबारदेखि लागू भएको नयाँ नियमअनुसार अब अमेरिकी भिसा प्राप्त गर्न नजिकका आफन्त तथा व्यावसायिक व्यक्ति हुनुपर्नेछ । यसबाट इरान, लिबिया, सोमालिया, सुडान र यमन प्रभावित हुनेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी २० मा राष्ट्रपतिको पद सम्हालेपछि ७ मुस्लिमबहुल देश र विश्वभरका शरणार्थीका लागि यात्रा प्रतिबन्धको घोषणा गरेका थिए ।

नयाँ नियमअनुसार आगामी ९० दिनसम्म नजिकका आफन्तबाहेक अन्य व्यक्ति अमेरिका प्रवेश गर्न पाउनेछैनन् । नजिकका आफन्तमा अभिभावक, दम्पती, बालबालिका, वयस्क छोरा तथा छोरी, छोराबुहारी, ज्वाइँ (छोरीका पति) तथा भाइबहिनीलाई मानिएको छ । तर मगनी भइसकेको सम्बन्ध, काकाकाकी, भतिजा, भान्जा, ससुरालीका आफन्तहरू, नातिनातिनीलाई नजिकका आफन्तमा परिभाषित गरिएको छैन ।

सम्बन्ध औपचारिक हुनुपर्ने र त्यसलाई पुष्टि गर्ने खालका कागजात पेस गर्नुपर्ने बताइएको छ । यद्यपि नयाँ नियममा अमेरिकासँग व्यावसायिक तथा शैक्षिक साझेदारलाई भने छुट दिइएको छ । तर पहिले नै वैध भिसा भएकाका लागि भने नयाँ नियम लागू हुनेछैन । अदालतले अमेरिकामा शरणार्थी प्रवेशमा १२० दिनसम्मका लागि लगाइएको प्रतिबन्धका बारेमा पनि सहमति जनाएको छ ।

बीबीसी 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस