काठमाडौं । आईएमई मोटर्सद्वारा प्रवर्द्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला सुरु गरेको छ । काठमाडौं, नेपालगञ्ज, जीतपुर, इटहरी र बर्दिबासमा आइतबारदेखि लोन मेला सुरु गरेको हो । यो मेला ४ असोजसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीले विर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा ६–७ असोजसम्म मेला आयोजना गर्ने छ । ग्राहक लक्षित अफर सहित यस प्रकारको फाइनान्स सुविधा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई दिँदै आइरहेको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुबिधा उपलब्ध हुनेछ । नेपालभरका सम्पूर्ण शाखाहरुबाट यो सुविधा लिन सकिने छ ।
मेलामा अशोक लेल्याण्ड गाडीहरुका लागि कम ब्याजदरमा अधिकत्तम फाइनान्स सुविधासहित स्थलगत निर्णय गरिने कम्पनीले बताएको छ ।
प्रतिकृया दिनुहॊस