कुमारी बैंकको धनबृद्धि योजनाः यसरी पाइन्छ राखेको रकमको पाँचदेखि १०० गुणासम्म

काठमाडौं । कुमारी बैंकले ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ । असोज १ गतेदेखि लागू हुने गरी प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणासम्म वृद्धि हुने यो योजना ल्याएको हो ।

बैंकले २ वर्ष ८ महिना ३ दिनमा ५ गुणा, ५ वर्ष १ महिना ११ दिनमा १० गुणा, ७ वर्ष ०५ दिनमा १५ गुणा, ८ बर्ष ६ महिना २७ दिनमा २० गुणा, १४ वर्ष ६ महिना १७ दिनमा ५० गुणा तथा १९ बर्ष ९ महिना १६ दिनमा १०० गुणा वृद्धि योजना सार्वजनिक गरेको हो ।

यस रिकरिङ योजना अन्तर्गत, प्रारम्भिक बिज रकमको १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यूनदेखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा बैंक विश्वस्त रहेको छ ।

बैंकले ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम १० हजारदेखि १० लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गर्दा धनबृद्धि लक्ष्य प्राप्त गर्न सकिने बताएको छ ।

बैंकले हाल १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु दिँदै आएको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री