काठमाडौं । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल अस्पतालबीच साझेदारी सम्झौता भएको छ ।
सम्झौता अनुसार दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल अस्पतालमा आइएमई पे मार्फत् भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउनेछन् ।
उक्त सम्झौता हाल एक वर्षका लागि गरिएको बताइएको छ । सम्झौतामार्फत् प्रयोगकर्ताहरुले आइएमई पेको ४६ दिने ‘डिजिटल दसैं तिहार २०७९’ क्याम्पेन भरी आइएमई पेमा कुनै पनि कारोबार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपीडी चेक–अप सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
प्रतिकृया दिनुहॊस