प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाई भेट

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिदाई भेटवार्ता गरेका छन् ।

खुमलटारस्थित प्रचण्ड निवासमा बुधबार बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । सो क्रममा प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन तथा शुभकामना दिएका थिए ।

राजदुत बेरी आफ्नो कार्यकाल पुरा गरेर अमेरिका फर्किदैछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री