कोका–कोलाको धन्यवाद क्याम्पेन

काठमाडाैं । बाह्रौँ कृति अवार्डको ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्ड (प्रथम विजेता) पाएको कोकाकोलाले कोरोना महामारीको समयमा फ्रन्ट लाइनमा बसेर सेवा गर्नेहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

गत वर्ष कोका–कोलाले दसैंको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो । विश्वव्यापी कोरोना महामारीको समयमा दिन–रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सन्चालन गरिएको थियो ।

एक्टिभेसन अन्तर्गत विभिन्न एनजिओ र अस्पतालहरुमा कार्यरत ८,००० भन्दा बढी सेवाकर्मीहरुलाई कोका–कोलाको तर्फबाट धन्यवाद बक्स प्रदान गरिएको थियो, जसमा उनीहरु प्रत्येकको नाम लेखिएको कोका–कोला बोतल र ग्लासहरु समावेश गरिएको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी बताएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री