नेपाली बजारमा भित्रियो नेक्स्ट-जेन फोर्ड रेन्जर

काठमाडाैं । नेपालका लागि फोर्डको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले २०२२ नेक्स्ट जेन फोर्ड रेन्जर पिकअप ट्रक नेपाल भित्र्याएको छ ।

नयाँ २.० लिटर सिंगल टर्बो र बाई–टर्बो डिजेल इन्जिन रहेको सो पिकअप ट्रक थाइल्यान्डबाट नेपाल भित्र्याइएको हो । भारतमा उत्पादन बन्द भए पश्चात फोर्डका गाडी अन्य देशबाट समेत आउने भनिएकोमा फोर्ड रेन्जर इन्टरनेसनल मार्केटबाट भित्रिएको हो । यसको एक्सएल भेरिएन्टले १७० पीएस पावर र ५०० एनएम टर्क तथा एक्सएलटी र वाइल्ड ट्रयाक भेरिएन्टले २१० पीएस पावर र ५०० एनएम टर्क जेनेरेट गर्छ ।

जीओ अटोमोबाइल्सले फोर्ड रेन्जर एक्सएलको मूल्य १ करोड ५ लाख ९० हजार, एक्सएलटीको मूल्य १ करोड १९ लाख ९० हजार र वाइल्ड ट्रयाकको मूल्य १ करोड ४५ लाख ९० हजार रुपैयाँ तोकेको छ । नेक्स्ट जेन फोर्ड रेन्जरमा ६ र १० अटोमेटिक ट्रान्समिसन छ । त्यसैगरी अटो ट्रान्समिसन गियर सिफ्ट र इलेक्ट्रिक पार्किङ ब्रेक, चार अनरोड र दुई अफरोड ड्राइभ मोड रहेका छन् ।

गाडी चलाउदै गर्दा डिस्प्लेमा विभिन्न फिचर चलाउनका लागि न्यु सिंक डिस्प्ले र बटन लेआउट रहेको छ । यो गाडीलाई चलाउदा ८०० एमएमको वाटर वेडिङ डेप्थ सम्म चलाउन सकिन्छ । यसबाट आफूले चाहेको स्थानमा पानीले असर गर्दैन । त्यसैगरी अन्डरबडी प्रोटेक्सनका लागि विभिन्न व्यवस्था गरिएको छ ।

२०२२ नेक्स्ट जेन फोर्ड रेन्जरको एक्सएलटी र वाइल्ड ट्रयाकमा वर्ल्ड फर्स्ट क्लास १० स्पिड अटोमेटिक ट्रान्समिसन छ । त्यसैगरी सबै भेरिएन्टमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १० इन्च र १२ इन्च टचस्क्रिन छ । नेक्स्ट जेन फोर्ड रेन्जर ग्लोबल मार्केट र एसियन रिजनमा निकै नै रुचाइएको पिकअप ट्रक हो । टफ र क्यापेबल पिकअप हुनुका साथै आवश्यक सेवा समेत प्राप्त गरिने भएकाले यसलाई धेरैले रुचाएको पाइन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री