एप्रीलिया रिफ्रेसमेन्ट राइड (तस्बिरहरू)

काठमाडौँ । नेपालमा भेश्पा/एप्रीलिया स्कुटरको आधिकारी विक्रेता दुगड ब्रदर्श एण्ड सन्स् प्रालिले एप्रीलिया रिफ्रेसमेन्ट राइड सम्पन्न गरेको छ । प्रालिले शनिबार र्‍यालि बालकुुमारीस्थित भेश्पा/एप्रीलियाको शोरुमबाट सुरु गरी डाइमन्ड हिल रिशोर्ट, पनौतिमा सम्पन्न गरेको हो ।

दुगड ब्रदर्श एण्ड सन्स् प्रालिका उपाध्यक्ष विजय महतोले एप्रीलिया स्कुटरको गार्हकहरूलाई एउटै परिवारमा समेटेर राइडको आयोजना गराएको जानकारी दिए । राइडमा सहभागी ग्राहकहरूलाई मनोरञ्जन, अन्तरक्रिया र टु–विह्लर जीवनशैलीसँग जोड्नु राइडको मूल उद्देश्य रहेको थियो ।यस राइडमा ४ वटा एप्रीलिया स्कुटरमा ४१ जना राइडरले सहभागिता जनाएका थिए । प्रिमियम प्रडक्ट एप्रीलियाको नेपाली ग्राहकमा आकर्षण बढिरहेको पाइएको छ । प्रिमियम प्रडक्ट मन पराउने ग्राहकहरूको पहिलो रोजाइमा एप्रीलिया स्कुटर नै आउँछ ।दुगड ब्रदर्श एण्ड सन्स् प्रालिले यस अगाडि पनि समय समयमा राइडहरु आयोजना गरेको थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने उपाध्यक्ष महतोले बताए । दुगड ब्रदर्श एण्ड सन्स् प्रालि प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना एम भी दुगड ग्रुप अन्तर्गतको प्रालि हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला …

प्रतिकृया दिनुहॊस