प्रभु बैंकका ग्राहकले गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा आकर्षक छुट पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाटपोखरा शाखा कार्यलय प्रमुख पुष्कर शेरचन रगण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चका तर्फबाट प्रिन्सिपल प्रोफेसर डा. रविन्द्र प्रसाद श्रेष्ठद्धारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक रउक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चद्धारा सञ्चालित हस्पिटल सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गतगण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री