एससीटीको दमदार दशैँ धमाका, विद्युतीय कारोबारमा पैसा फिर्ता

काठमाडाैं । स्मार्टच्वाइस टेक्नोलोजिजले दशैँ अफर सार्वजनिक गरेको छ । कम्पनीले दमदार दशैँ धमाका थ्रिडी अफर सार्वजनिक गरेको हो ।

अफरअनुसार एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पस मेसिनमार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशत पैसा फिर्ता पाउनेछन् । हालसम्म एससीटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्ने जनाइएको छ ।

एससीटी यूपीआई डेबिट कार्डमा एटीएममा क्यास कारोबार गर्ने ग्राहकले पनि यो अफरको फाइदा लिन सक्नेछन् । कम्पनीका अनुसार उनीहरुले १२ सय रुपैयाँसम्म पैसा फिर्ता पाउनेछन् ।

१५ सय बराबरको पस कारोबारमा ५ सय र ३ हजार बराबरको कारोबारमा १ हजार पैसा फिर्ता पाउन सकिनेछ । अफर असोज महिनाभर लागू हुने कम्पनीको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री