काठमाडाैँ । दशैंमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको छ । उक्त अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् ।
यो दशैं भायानेटको अल्ट्रा-फाई २०० एमबिपिएस इन्टरनेटको वार्षिक प्लान नौ सय ९९ रुपैयाँ प्रति महिना पाउन सकिने कम्पनीले बताएको छ । यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.यु सँगै अबग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटरमध्ये एक छानेर राख्न पाउनेछन् ।
यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्ने बताइएको छ । ग्राहकले मेस राउटर लिनका लागि चार हजार रुपैयाँ र एमआई एराउटरको लागि एक हजार पाँच सय रुपैयाँ डिपोजिट गर्नु पर्नेछ । कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको बताएको छ ।
साथै, कम्पनीले वार्षिक सदस्यतामा मात्र एक सय ५० रुपैयाँ प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ । यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेट–टप–बक्स मात्र पाँच सय डिपोजिट गरी प्राप्त गर्न सक्नेछन् ।
भायानेटको अल्ट्रा–फाई लाइनअप बजारमा उपलब्ध रहेको सबैभन्दा आकर्षक इन्टरनेट र टिभी प्याकेज हो । उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्रा–फाई लाइन अप विशेष मानिएको छ ।
अहिले चलिरहेको अल्ट्रा–फाई लाइन अपको मुख्य विशेषता ग्राहकलाई इन्टरनेट वा इन्टरनेटसँगै टिभीका विभिन्न प्याकेजबाट छान्न पाउने सुविधा रहेको कम्पनीले जनाएकाे छ ।




