चेरीले ल्यायो ‘चेरी चाडपर्व अफर’ : ५ लाख ९० हजार फाइदा

काठमाडौं । नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ ।

दसैं, तिहार र छठलाई लक्षित गरी ल्याइएको सो अफर चेरीका सबै प्रो सिरिज अर्थात् चेरी टिग्गो ४ प्रो, टिग्गो ७ प्रो र टिग्गो ८ प्रोमा लागु हुने बताइएको छ । चेरीका यी कार किन्दा ग्राहकले मोडल अनुसार पाँच लाख ८९ हजार ८०० रुपैयाँ सम्मको फाइदा लिन सक्नेछन् ।

यी बाहेक ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बिमा र सडक दस्तुर छुट पाउने बताइएको छ । कम्पनीले यी कारमा ३ वर्षको वारेन्टी सर्भिसिङ सुविधा उपलब्ध गराउने छ । कुनै पनि पुरानो कारसँग चेरी कार एक्सचेन्ज गर्दा १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस सुविधासमेत प्राप्त हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री