ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड

काठमाडौं । श्रीजनशील लघुवित्तको आइपीओ सोमबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् ।

आइपीओमा कुल १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएकामा एक हजार ३१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ ।

श्रीजनशीलले १५ भदौदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । योमध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र पाँच हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी तीन लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, श्रीजनशील लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेब साइट iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला …

प्रतिकृया दिनुहॊस