एनआईसी एशिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडिओ केवाइसी सेवा सुरू

काठमाडाैँ ।‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधा क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले ग्राहक पहिचानसम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडि भिडिओ केवाइसी सेवाको शुभारम्भ गरेको छ ।

बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकले भिडिओ कल को माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएकाे छ । बैंकका अनुसार वेबसाइट www.nicasiabank.com मार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकलाई केवाइसी विवरण सम्बन्धमा दुई विकल्प राखिएको छ ।

यसमा ग्राहकले आफ्नो केवाइसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्बन्धित बैंक कर्मचारीसँग भिडिओ कल गरी उक्त कलमार्फत केवाइसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था छ ।

भी–केवाइसीमार्फत आफ्नो केवाइसी जानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्वन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरी भिडिओ कलमार्फत आफ्नो केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् । बैंकिङ्ग समयमा भिडिओ कलका लागि अपाेइन्टमेन्ट बुक गरी सो समयमा केवाइसी विवरण अद्यावधिक गर्नु पर्ने छ ।

ग्राहकले भीके वाइसीका लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/मतदाता परिचयपत्र) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडिओ कलमार्फत देखाउनु पर्ने हुन्छ ।

भिडिओ केवाइसीमार्फत केवाइसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकमले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् । भी–केवाइसीमार्फत आफ्ना विवरणहरु अद्यावधिक गरी बढीभन्दा बढी लाभ ग्रहण गर्न बैंकले ग्राहकलाई अाग्रह गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री