काठमाडौँ । डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ । मार्स् प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन ‘खुसीको कनेक्सन’ लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर अवार्ड प्राप्त भएको छ ।
त्यस्तै एएनएस क्रियशनले निर्माण गरेको ‘क्वालिटीमा नं. वान मासिक शुल्क सबै भन्दा कम’ टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाँङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ । १२ औँ संस्करणको कृति अवार्डमा डिशहोम फाइवरनेट ‘पावर्ड बाई स्पोन्सर’ रहको थियो ।
तपाईंको प्रतिकृया




