देउवाविरुद्ध चुनाव लड्ने कांग्रेस बीपीका वरिष्ठ उपसभापति मल्लको घोषणा

काठमाडाैं । नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

कांग्रेस बीपीको कार्यालय डडेल्धुरामा आयोजित भेलामा कांग्रेस बीपीका केन्द्रीय सभापति सुशीलमान शेरचन समेत सहभागी थिए । मल्लले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका हुन् । कांग्रेसबाट कारबाहीमा परेका मल्ल केही समय अगाडि कांग्रेस बीपीमा प्रवेश गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस