काठमाडौँमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ । काठमाडौँका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नं ३–०२–००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रोकिराखेको बा प्र ०३–००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक सोही महानगरपालिका–२१ वसन्तपुर दलाछी बस्ने ३१ वर्षीय सुनोजमान डङ्गोल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको तथा उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप