बिहीबार २ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको पाँचौँ कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक २.१३ अंकले घटेर १९३७.७४ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत ०.५४ अंकले घटेर ३७६.८४ बिन्दुमा ओर्लिएको छ ।

यस दिन १ अर्ब ४ करोड ४३ लाख ७९ हजार ६ सय रुपैयाँमा ३४ लाख १ हजार ६ सय ९२ कित्ता सेयर कारोबार भएको छ । यस दिन १३ ओटा समूहगत सूचक मध्ये ७ वटा समूहको सूचक घटेका छन् । होटेल, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा र लगानी समूहको सूचक यस दिन उकालो लागेका छन् ।

यस दिन ११७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ६१ व्टा कम्पनीको मूल्य घटेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस