२५ भदौमा भृकुटीमण्डपमा ‘दराज महोत्सव’ आयोजना हुने

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले २५ भदौमा काठमाडौंको भृकुटीमण्डपमा ‘दराज महोत्सव’ आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार दराजका ग्राहकहरूसँग सम्बन्ध प्रगाढ बनाउनका लागि दराज महोत्सव आयोजना गर्न लागिएको हो ।

दराज महोत्सवमा सांगीतिक कार्यक्रम, अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाका लागि समर्पित मनोरञ्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ ।

दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले ग्राहकलाई प्राथमिकतामा राखेर दराज महोत्सव आयोजना गर्न लागिएको भन्दै यो महोत्सव एउटा पारिवारिक कार्यक्रम हुने बताए । यो महोत्सवमा सबै उमेर समूहलाई समेट्ने गरी विभिन्न गतिविधिहरु सञ्चालन गर्ने प्रयास भइरहेको भन्दै उनले बढीभन्दा बढी सहभागिताका लागि इन्ट्रि फि निशुल्क गरिएको बताए ।

कम्पनीका अनुसार दराज महोत्सवमा सुशान्त केसी, स्वपन सुमन, वाङ्देन शेर्पा लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस