काठमाडौँ । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्नसकिने योजना सञ्चालनमा ल्याएको छ ।
डिशहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फण्ड ट्रान्स्फरमार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।
यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहक मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्ने छन् । हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाइलो एचडी, सरोकार टिभी, रियालिटि टिभी, नेपा च्यानललगाएत डिशहोम सोकेसमा लक्की ड्रको प्रत्यक्ष प्रसारण हुनेछ ।
एक दशकदेखि स्याटेलाइट प्रविधिमा उत्कृष्ट दृश्यसहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो साथै डिटिएच प्रविधिमार्फत टेलिभिजन सेवा दिइरहेको डिशहोमले फाइवरमार्फत डिशहोम फाइवरनेट ब्राण्ड नेममा नेपालभर इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।
प्रतिकृया दिनुहॊस