प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।

कांग्रेस डडेल्धुरा क्षेत्रीय समितिको सर्वसम्मत निर्णयबाट उनी आज प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका हुन् । यसैगरी क्षेत्रीय समितिले प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ (क) बाट कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँद र (ख) बाट सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालाई सिफारिस गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मको टिकट बुक

काठमाडौं । सर्वसाधारणका लागि खुला गरिएपछि पहिलो दिन धरहरा चढ्नेहरुको भीड लाग्यो । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds