एशियन लाइफले ब्याजमा ५० प्रतिशत छुट दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियमित रूपमा बीमाशुल्क भुक्तानी नगरेका बीमितलाई लाग्ने विलम्ब शुल्क (ब्याज) मा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले २०७७ भदौ १४ गतेदेखि व्यतित भएका बीमालेखहरूमा लाग्ने ब्याजमा छुट दिन लागेको हो ।

आज (भदौ १५ गते) देखि आगामी असोज १२ गतेभित्र पुनर्जागरण गराउने बीमितहरूलाई लाग्ने ब्याजमा छुट दिने कम्पनीले जानकारी दिएको छ । भदौ १४ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महीना नाघि पूर्ण व्यतित भएका बीमालेखहरूलाई मात्र ब्याज छुट प्रदान गरिने जनाइएको छ । तर, भदौ १४ गतेभन्दा अगाडि परिपक्व हुने बीमालेखहरूमा ब्याज छुट प्रदान नगरिने बताइएको छ ।

यसभन्दा पहिले एक पटक ब्याज छुट लिइसकेका बीमितहरूलाई बीमा अवधिभर पुनः ब्याज छुट प्रदन नगरिने पनि कम्पनीले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds