काठमाडौं । प्रभु बैंकले सस्तो ब्याजमा नयाँ आवास योजना ल्याएको छ । सजिलो प्रकृया र सरल ब्याजदरमा घर बनाउन कर्जा पाइने बैंकले जनाएको छ । बैंकले २५ वर्षसम्मका लागि ११ प्रतिशत ब्याजमा घरकर्जा (होमलोन) योजना ल्याएको छ । ५ दिनभित्र कर्जा दिने बैंकले बताएको छ । बैंकले निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा दिने छ ।
तपाईंको प्रतिकृया




