‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’ हुँदै (भिडियो)

काठमाडौँ । कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा ‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’ यहि भाद्र १७ गतेबाट सुरु हुने भएको छ ।

बिहिबार स्कुल कै प्रांगणमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।सानोगौचरणमा हुने उक्त प्रतियोगितामा छात्र र छात्रा दुबै तर्फको प्रतियोगिता हुने बताइएको छ । यस्तै प्रतियोगितामा ३२ विद्यालयहरुको सहभागिता हुने भएको छ ।

प्रतियोगिताबाट विजयी टिमलाई छात्र तर्फ प्रथम, द्वितीय र तृतियलाई क्रमस १५ हजार, ७ हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।
यस्तै छात्रा तर्फ विजयी हुने टिमलाई प्रथम, द्वितीय र तृतियलाई क्रमस १० हजार, ७ हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।
यस्तै प्लेअर अफ सिरिज, हाई स्कोर, बेष्ट गोलकिपर, म्यान अफ द फाइनल र हरेक प्रतियोगिताबाट म्यान अफ द म्याचको घोषणा गरि ट्रफी प्रदान गरिने बताइएको छ ।
प्रतियोगितालाई नकआउट चरणबाट सञ्चालन गरिनेछ । उक्त पत्रकार सम्मेलनमा बोल्दै पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलकी फाउण्डर, प्रिन्सिपल इशु गुरुङले विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमताको उजागर गर्न पिस प्वाइन्टले यि र यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

जसको निरन्तरता स्वरुप ‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’ को आयोजना गर्न लागिएको बताउनु भयो । यस्तै विद्यालयहरु विचमा आपसि सम्बन्धको विकासका लागि पनि यि र यस्ता प्रतियोगिताको आवश्यकता रहेको बताउनु भयो ।

प्रतियोगिता भाद्र २३ गतेसम्म चल्ने छ ।

सोही पत्रकार सम्मेलनमा केटिएम खबरका लागि श्याम कार्कीले पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलकी फाउण्डर, प्रिन्सिपल इशु गुरुङसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस