काठमाडौं । निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा महाअभियोग सिफारिस समितिसँग बयानका लागि पुगेका छन् । सिफारिस समितिले बयानका लागि बोलाएपछि चोलेन्द्र आज बयानका लागि समितिको बैठकमा पुगेका हुन् ।
नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधिसँग बयान लिन लागेको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।
तपाईंको प्रतिकृया




