आठ महिने बालिका हत्याको छानबिनका लागि सरकारले उच्चस्तरीय समिति गठन गर्ने

महोत्तरी ।   जिल्लाको औरहीमा भएको आठ महिने नाबालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ।

प्रदेश नं २ प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बालिका हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन हुने बताएका  छन् ।

घटनाको निष्पक्ष छानबिन गरी हत्यामा संलग्न व्यक्तिलाई कडा कारवाही गरिने छ, उहाँले भन्नुभयो, “हत्यारा जहाँ भए पनि खोजर कानुनी कारवाही गर्न सरकार प्रतिवद्ध छ ।”

आठ महिने बालिका सोनाली चौधरीको बलात्कार गरी हत्या गरिएको आङ्शका गरिएको छ । मन्त्री यादवले बलात्कार विरुद्ध प्रदेश सरकारले कडा कानून बनाउने प्रतिबद्धता व्यक्त गर्दै रौतहट लालबकैया नदीमा पाँच जनाको मृत्यु हुनेगरी भएको डुङ्गा दुर्घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाहीे गरिने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री