आगामी सेप्टेम्बर १२ मा एप्पलले आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने

काठमाडौं । आगामी सेप्टेम्बर १२ मा एप्पलले आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ ।एप्पलले हरेक वर्ष सेप्टेम्बर महिनामा विशेष समारोहको आयोजना गरी आफ्ना नयाँ प्रडक्टहरु सार्वजनिक गर्ने गर्दछ ।

एप्पलको परम्परा अनुसार नै अमेरिकामा १४ सेप्टेम्बर देखि नयाँ आइफोनको पि्रअर्डर सुरु हुने अनुमान गरिएको छ । त्यस्तै सेप्टेम्बर २१ देखि नयाँ आइफोनकेा बिक्रि सुरु हुने बताइएको छ । त्यस्तै, एप्पलले आइफोन एक्स प्लस, आइफोन एक्स एस तथा ६.१ इन्चको स्क्रिनवाला एलसिडी फोन एकसाथ सार्वजनिक गर्ने बताइएको छ ।

एप्पलले ल्याउने आइफोन एक्स प्लसमा ६.५ इन्चको स्क्रिन हुनेछ ।  यो डिभाइसमा ए १२ बायोनिक प्रोसेसरसँगै एमोलेड स्क्रिन, दुईवटा रियर क्यामेरा तथा ब्याट्री,आइफोन एक्स एसमा ५.८ इन्चको स्क्रिन हुनुका साथै केही कम क्षमताको ब्याट्री रहनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री