मोबाइल व्यवसायीहरुसँग नबिलकाे वित्तीय अन्तर्क्रिया

काठमाडाैं । नबिल बैंकले नेपाल मोबाइल वितरण संघ (इनएफडीए)सँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल बितरक, बिक्रेता तथा खुद्रा बिक्रेतासँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तीय साक्षरतालाई प्रबद्र्धन गर्ने हिसाबले ‘च्यानल फाइनान्सिङ, क्यूआर मर्चेन्ट/फोन लोन’को बारेमा छलफल गरेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले नबिल बैंकले व्यवसायीलाई फाइदा पुर्‍याउने विभिन्न पहलकदमी क्रियाकलापहरुबारे जानकारी दिएका थिए।

उनले समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रमहरु ल्याएको जानकारी गराए । उनका अनुसार ‘नबिल च्यानल फाइनान्सिङ’ले व्यवसायीहरूलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गर्दै व्यापार विस्तार गर्न मद्दत गरेको बताए ।

नबिल फोन लोनले अब क्यूआर व्यापारीलाई कारोबारमा आधारित बिना धितो डिजिटल मध्यमद्वारा तत्काल ऋण लिने सुविधा ल्याएको छ । त्यसै गरि उनले क्यूआर व्यापारी, महिला तथा युवा व्यवसायीलाई हाल क्यूआर र क्रेडिट कार्डमार्फत् उपलब्ध गरिएको नगद फिर्ता अफरका बारेमा जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds