प्रभु बैंक र मुक्तिनाथ स्थित युरेका इन होटलबीच आकर्षक छुट दिने सम्झौता

काठमाडौँ । प्रभु बैंक र मुक्तिनाथ स्थित युुरेका इन होटल बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  उक्त सम्झौतामा बैंकका जोमसोम क्षेत्रिय प्रमुख नरेन्द्र थकाली र युुरेका इन होटलका प्रोप्राइटर सुरजन तुलाचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले युुरेका इन होटलद्धारा सञ्चालित फुड, वेभरेज र लजिङ सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

सुविधा लिन चाहने ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, युुरेका इन होटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds