मस्क भन्छन्- जलवायु परिवर्तनभन्दा कम जन्मदर मानवताका लागि ठूलो खतरा हो

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क ट्विटरमा निकै सक्रिय छन् । अन्तरिक्ष देखि टेक्नोलोजी सम्म, उनी आफ्नो विचार साझा गरिरहन्छन् । हालै उनले एक चेतावनी दिएका छन्, जसको लागि उनी प्रायः सोशल मिडिया प्लेटफर्महरू प्रयोग गर्छन् ।

मस्कले सामाजिक सञ्जालमा पटक पटक विश्वमा जन्मदर घटेको विषय चिन्ताजनक रहेको बताउदै आएका छन् । उनले मानवका लागि जलवायु परिवर्तन (ग्लोबल वार्मिङ) भन्दा खतरनाक कम जन्मदर रहेको बताए । मस्कले जन्मदरमा कमि आएको विषयमा चेतावनी दिएको यो पहिलो पटक भने होइन ।

टेस्ला र स्पेसएक्सका सीईओले भने, ‘कम जन्मदरका कारण जनसङ्ख्यामा आएको गिरावट ग्लोबल वार्मिङभन्दा मानवताका लागि ठूलो जोखिम हो ।’ यस ट्वीटपछि उनलाई कसैले उनलाई ‘पागल’ भने र कसैले उहाँलाई यो सिद्धान्त व्याख्या गर्न भने । १० सन्तानका पिता मस्कले जनसङ्ख्या सङ्कट र घट्दो जन्मदरलाई विश्वका लागि सबैभन्दा ठूलो खतरा भनेका छन् ।

एक प्रयोगकर्ताले मस्कलाई सोधे, ‘के सन्तान जन्माउनु मात्र समाधान हो ? मलाई लाग्छ कि यस विषयमा शिक्षा आवश्यक छ । प्रयोगकर्तालाई जवाफ दिँदै मस्कले लेखे, ‘हो’। अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘उहाँ बकवास कुरा गर्नुहुन्छ।’ एक प्रयोगकर्ताले लेखे, ‘एलन, तपाईं यसमा पूर्णतया गलत हुनुहुन्छ ।’

यद्यपि अमेरिकी व्यापारीको अनुमानसँग केही मानिस सहमत छन् । दक्षिण कोरियालगायत विश्वका केही भागमा जन्मदर तीव्र गतिमा घटिरहेको छ ।

घट्दो जन्मदरको समस्यासँग जुधिरहेको चीनमा विश्वको ६ भागको एक भागभन्दा बढी जनसंख्या बसोबास गर्दछ । चार दशकसम्म देशको जनसङ्ख्या ६६ करोड बाट १ अर्ब ४० करोड पुगेको छ । तर गत वर्ष, पहिलो पटक, यसको वृद्धि दरमा सबैभन्दा ठूलो गिरावट रेकर्ड गरिएको थियो । चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनसंख्याको वृद्धिदर घटेकोमा युवाहरुलाई बच्चा जन्माउन अपिल समेत गरेको छ भने यसका लागि विभिन्न कार्यक्रम समेत ल्याएको छ । अझ कोरोनाको समस्या पछि बच्चा जन्माउने दर अझ घटेको विश्वास गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री