टाटा मोटर्सले ल्यायो ‘दशैँमा द-सही अफर’

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले यस २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन ‘दशैँमा द–सही अफर’ ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सकिने छ ।

आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिन्छ । साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाइनान्स जस्ता सुविधा पनि छन् ।

सिप्रदी ट्रेडिङ्गको कमर्सियल भेहिकल बिजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालका अनुसार, ‘हरेक वर्षझैँ यसपालीको आउँदो दशैंलाई लक्षित गर्दै ग्राहकको तर्फबाट अफरसम्बन्धी सकारात्मक प्रतिक्रिया आएका छन् र विशेष गरी ७० प्रतिशतसम्मको फाइनान्सले सबैको हौसला बढाएको उनले जनाएका छन् ।

कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ, कहाँ कहाँ पाइन्छ आदि जस्ता विस्तृत जानकारीका लागि फेसबुक पेज ‘टाटा मोटर्स ट्रक्स एण्ड बसेस नेपाल’ हेर्न सकिने वा ९८०११०७६०० मा मिसकल गर्न सकिने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२५ अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ । आज नेप्से २५.८८ अंकले बढेर …

प्रतिकृया दिनुहॊस