गरिमा विकास बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ ।

सम्झौतापत्र अनुसार, यस विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवा जस्तैः मोबाइल टपअप, इन्टरनेट/विद्युत्/खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकटको बिल भुक्तानीलगायतका सेवा सजिलै प्रयोग गर्न सक्नेछन् ।

साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५ सयभन्दा बढी मर्चेन्टमा स्क्यान टु पे मार्फत सजिलै बिल भुक्तानी गर्न सकिनेछ । हाल, यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस