काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौँको फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका छन् ।
शुक्रवार काठमाडौँमा कमरेडको जनै पुस्तक विमोचन गर्दै शर्माले अहिले काठमाडौँको सडक जताततै फोहरले भरिएको भन्दै मुलुकमा तीन तहको सरकार हुँदा पनि फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका छन् ।
उनले फोहरको दीर्घकालीन समाधान र महानगरका प्रमुख बालेन्द्र साहलाई सहयोग गर्ने तथा बञ्चरेडाँडा बासिन्दाको माग सम्बोधन गर्न कमजोरी भइरहेको जिकिर गरे । शासन व्यवस्था फेरिए पनि मुलुकको अवस्था फेरिन नसकेको उनको भनाई छ ।
त्यस्तै शर्माले युवाहरूले मुलुकको अवस्थाका बारेमा चिन्ता गर्ने बेला आएको धारणा राखे ।
तपाईंको प्रतिकृया




