एजेन्सी । फिनल्याण्डकी युवा प्रधानमन्त्री सन्ना मारिन नयाँ विवादमा परेकी छन् । उनको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भिडियोमा उनी रक्सी पिएर आफ्ना साथीहरूसँग नाचिरहेको देखिएकी छिन् । यो क्लिप सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको छ ।
भिडियो लीक भएपछि सन्ना विपक्षी दलको निशानामा परेकी छन् । विपक्षी दलहरूले प्रधानमन्त्री मरिनले साथीहरूसँग लागुऔषध सेवन गरेको आरोप लगाएका छन् । विपक्षी दलले उनको राजीनामा माग गर्दै आएका छन् ।
जानकारी अनुसार घटना गत बुधबारको हो । मारिनले आफ्ना साथीहरूसँग मदिरा सेवन गरेको स्वीकार गरेकी छिन् तर ड्रग्स सेवन नगरेको बताएकी छन् । प्रधानमन्त्री मरिनले विपक्षीलाई चुनौती दिँदै आफू लागूऔषध परीक्षणका लागि तयार रहेको समेत बताएकी छन् ।
प्रतिकृया दिनुहॊस