विवेकशील साझा पार्टीको प्रवक्ताबाट पाठकको राजीनामा

काठमाडाैं । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले प्रवक्ताको जिम्मेवारीबाट बिहीबार राजीनामा दिएका छन् ।

पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

पाठक विगतमा साझा पार्टीको पनि प्रवक्ता थिए । विवेकशीलसँग पुनः एकीकरणपछि पनि उनलाई एकीकृत पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको थियो । पाठक २०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोटो खिच्ने क्रममा चितवनकाे वैकुण्ठ तालमा खसेर गौतमको मृत्यु

काठमाडौं । चितवनको वैकुण्ठ तालमा फोटो खिच्ने क्रममा खसेर एक व्यक्तिले ज्यान गुमाएका छन् । …

प्रतिकृया दिनुहॊस