मोरङको जहदामा धानखेतमा महिलाको शव भेटियो

काठमाडाैं । मोरङको जहदा गाउँपालिका–१ बुधनगरको धानखेतमा एक महिलाको शब फेला परेको छ। धानखेतमा घोप्टो परेको अवस्थामा जहदा–१ की अन्दाजी ३८/३९ वर्षीया दुर्गादेवी राजवंशीको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

जहदा–१ बुधनगरका शिवराम यादवको धानखेतमा शव फेला परेको उनले बताए । घाँस काट्न गएका महिलाहरुले खेतको पानीमा घोप्टो परेर मृत्यु भएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट राजवंशी आफ्नै घर लिपपोत गर्नका लागि माटो लिनलाई भन्दै बिहान ११ बजेतिर घरबाट निस्किए महिलाको घरदेखि लगभग ५ मिनेटजतिको पैदल दूरीमा शव भेटिएको डिएसपी श्रेष्ठले बताए ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोली घटनाको अनुसन्धान सुरु गरेको हो । शव पोस्टमार्टमकालागि कोसी अस्पताल ल्याइएको र महिलाको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएकोछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप