मेगा बैंकले ल्यायो ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकमाझ ‘६ गुणा’ सम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’ ल्याएको छ ।

मेगा बैंकको यस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्ने ग्राहकहरूले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् भने संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरूले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने जनाइएको छ । त्यसै गरी रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकले ७० महिनादेखि १८० महिना भित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।

बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकले १ लाखदेखि माथि र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकले ५ लाखदेखि माथि रकम जम्मा गरी आफूले रोजेको समयावधि अनुरूप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ । यस प्रकारको योजनाले ग्राहकहरुलाई बचतमा प्रोत्साहन गर्नुका साथै ग्राहकहरूलाई उचित प्रतिफल पनि दिने बैंकले जनाएको छ ।

आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई मुद्दती खाता खोली यस योजनाबाट लाभान्वित हुन मेगा बैंकले आग्रह समेत गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र …

प्रतिकृया दिनुहॊस

This will auto close after