फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ नेपालमा

काठमाडौं । आईएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ लन्च गरेको छ । आईएमएसले यो ब्रान्डको एकमात्र राष्ट्रिय वितरक प्राप्त गरेको हो ।

पाराकिटो एक फ्रान्सेली लामखुट्टे र टिक विकर्षक ब्रान्ड हो, जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरूबाट जोगाउँछ । पाराकिटो अभिनव प्राकृतिक लामखुट्टे संरक्षण मा लीदर हो र पाराकिटोले उच्च–गुणस्तर टेकनोलोजीको एक अलग लाइन प्रदान गर्दछ ।

यसले विभिन्न प्रकारका उत्पादनहरू प्रदान गर्दछ, जस्तै रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन । कमपनीका अनुसार यस उत्पादनले एक वैकल्पिक, पूर्ण सुरक्षित सुरक्षा समाधानको प्रतिनिधित्व गर्दछ, विशेष गरी बच्चाहरु, गर्भवती महिलाहरु र संवेदनशील छाला भएकाहरुलाई जोगाउँछ ।

पाराकिटो पानी र पसिना प्रतिरोधी, दिर्घकालिन, वातावरण मैत्री, बिरुवामा आधारित र मदिरा रहित पनि हो । पाराकिटोले बराबर सुरक्षा, हेरचाह, प्रभावकारी संरक्षण र प्राकृतिक समाधान दिन्छ ।

यी सबैले पाराकिटोलाई बाहिर खेल्न रमाईलो गर्ने बच्चाहरूका लागि र हाइकिङ्ग, साइकल चलाउने, साहसिक खेलकुद, आउटडोर पार्टीहरू र पारिवारिक पिकनिकमा लागेका मानिसहरूका लागि स्वाभाविक रूपमा उत्तम समाधान बनाउँछ ।

पाराकिटो अब आइएमएस लिटल स्माइलस शोरुमहरूमा उपलब्ध हुने भएको छ । नेपालकै पहिलो प्रिमियम मल्टि–ब्रान्ड आउटलेट बच्चाहरूका लागि आइएमएस लिटल स्माइल शोरुमहरू १ दरबार मल, दरबारमार्ग र सिटी सेन्टरमा उपलब्ध हुने बताइएको छ । जहाँ डा. ब्राउन्स, बिबिलभ, हिमालय बेबी केयर, क्रेन जस्ता अरु धेरै शीर्ष अन्तर्राष्ट्रिय ब्रान्डहरू उपलब्ध हुने छ । पाराकिटो स्मार्टडोकोमा अनलाइनमार्फत नेपालको ७७ जिल्लामा उपलब्ध हुने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोमबार घट्यो सुनको मूल्य, तोलाको कति छ ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस