उपत्यकामा एकैदिन ३१ सय ८७ चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन ३ हजार १८७ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९, लेन अनुशासन पालना नगर्ने १२८, रेड लाइटमा सवारी साधन चलाउने ११६, निषेधित क्षेत्रमा हर्न बजाउने १४६ र नम्वर प्लेट देखिने गरी नराख्ने २३ जना सवारी चालक छन् ।

यस्तै, २ हजार ५९५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री